काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिएका मध्य उक हुन् भुटानका रिहान गिरी । भ्वाइसकै लागि भनेर भुटानबाट नेपाल आएका उनी कम भोट ल्याएपछि सेमिफाइनलबाटै आउट भए ।
उनको गायकी र पर्सनालिटीलाई मन पराउने थुप्रै फ्यान बनाउन सफल भए । टिम राजु (राजु लामा)बाट प्रतिस्पर्धा गरेका उनको भ्वाइसपछि फ्यान फलोइङ ह्वात्तै बढ्यो । लगातार बटम थ्रीमा परेका रिहान बाहिरएपछि उनका फ्यान निराश हुनु स्वभाविक हो ।
भ्वाइसकै ट्यालेन्ट वर्षा इटानीसँग उनको नाम समेत जोडिएर गसिप बने । तर उनीहरु एकअर्काले मिल्ने साथी मात्र बताउने गरेका छन् । नेपाल आउने सपना रहेको भन्दै उनले नेपाली केटीसँगै विवाह गर्ने धोको समेत रहेको बताए । नेपाली संगीतमै भविष्य बनाउने योजना रहेको सुनाएका उनी पप रक जनरामा गीत गाउन सिपालु मानिन्छन् ।