काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको परिणाम आएसँगै यतिबेला दलहरू नयाँ सरकार गठनको भित्री कसरतमा जुटिरहेका छन् । यतिबेला काँग्रेसले संसदीय दलको चुनाव गराउने तयारी गरेको छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा जनता र देशले नचाहँदा नचाँहँदै पनि फेरी प्रधानमन्त्री बन्ने लाइनमा नै छन् । काँग्रेस भित्रै युवाहरुको समुह नेतृत्वमा आउने संकेत देखिइरहेका बेला देउवा भने शेखर–गगन समूह चिरा पार्ने रणर्ने दाउमा छन् ।
संसदमा कुल ८९ सिट जितेको कांग्रेसमा संस्थापन समूहबाट सभापति देउवा संसदीय दलको नेता बन्ने लाइनमा छन् भने यसबाहेक नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला, गगन थापा लगायतका नेताहरू पनि दाबेदार छन् ।
यसैबिच नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकदिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
उनका अनुसार आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ ।