युरोकपको उपाधी दाबेदार टोली बेल्जियम र ईटाली आज राती पौने १ बजे भिड्दै — OSNepal

युरोकपको उपाधी दाबेदार टोली बेल्जियम र ईटाली आज राती पौने १ बजे भिड्दै

LC (KTM) July 02, 2021 0

युरोकपमा आज एकदमै घमासन प्रतिष्पर्धा हुदैछ । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो क्वाटरफाइनलमा आज राति बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । फुटबलका यी दूई शक्ति राष्ट्र बीचको भिडन्त एकदमै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यी दुबै टिमबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा राति पौने १ बजे हुने छ । युरोकपको उपाधीको दाबेदार मानिएका यी दुबै टोली मध्ये एउटा टोली क्वाटरफाईनल बाटै बाहिरीने पक्का छ । तसर्थ यी दुबै टोलीले जितका लागि पुरा बल लगाएर खेल्ने छन् ।

आजको बिजेता सेमिफाईनलमा स्थान बनाउन सफल हुनेछ । फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो । उसले आफुलाई शक्तिशाली प्रमाणित गरिसकेको छ ।

उता इटालीले पनि क्वाटरफाइनलमा अष्ट्रियालाई हराएको थियो । यी दुबै टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ । तर पनि अहिलेको प्रतिष्पर्धा हेर्ने हो भने दुबै टिमलाई खेल जित्न निक्कै संघर्ष गर्नुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर