जर्मनीका सर्पाेटर फुटबल फ्यानहरुका लागि दुखद खबर , किन लिए टोनी क्रुसले यस्तो निर्णय — OSNepal

जर्मनीका सर्पाेटर फुटबल फ्यानहरुका लागि दुखद खबर , किन लिए टोनी क्रुसले यस्तो निर्णय

LC (KTM) July 02, 2021 0

जर्मनीका मिडफिल्डर टोनी क्रुसका फ्यानहरुका लागि दुखद खबर रहेको छ । अन्र्तराष्ट्रिय फुटबलमा देखिरहन मनपराउने उनका फ्यानहरुको यो सपना अब पुरा हुने छैन । ३१ बर्षिय क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरे संगै उनलाई अब कुनै पनि अन्र्तराष्ट्रिय खेलमा देख्न पाईनै छैन ।

क्रुसले शुक्रबार ११ वर्षे अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।क्रुसले अब आफ्नो ध्यान क्लब फुटबलमा नै केन्द्रित रहने पनि जानकारी गराएका छन् । उनी स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर समेत रहेका छन् । क्रुसले जर्मनीका लागि १ सय ६ खेलमा जम्मा १७ गोल मात्र गरेका छन् ।

अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलबाट उनले डेब्यु गरेका थिए । जर्मनीले सन् २०१४ को विश्वकप जित्दा उनी टिममा रहेका थिए । युरोपमा जारी १६ औं संस्करणको युरोकपमा उनले ४ खेल खेलेका थिए । तर, गोल गर्न भने असफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर