बन्दुक आक्रमणमा परी एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु — OSNepal

बन्दुक आक्रमणमा परी एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु

LC (KTM) December 18, 2022 0

बामाको-  संयुक्तसंयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ ।”अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु शहरमा संयुक्त राष्ट्रसंघको प्रहरी गस्तीमा गोली चलाएको छ”, मालीमा संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले विज्ञप्ति जारी गर्दै उल्लैक गरेको छ ।

प्रहरीले आक्रमणकारीहरूबाट “केही सामग्री” बरामद गरिएको पनि बताएको छ। मिसनका प्रमुख एल-घासिम वानेले घटनाको निन्दा गर्दैयस जघन्य कार्यबाट राष्ट्रसंघ स्तब्ध भएको टिप्पणी गरेका छन् ।

उनले प्रतिकूल वातावरणको बाबजुद पनि संयुक्त राष्ट्रसंघको शान्ति मिशनले आफ्नो जनादेश पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन् । सन् २०१२ देखि, माली सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुपक्षीय सङ्कटमा फसेको छ। स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तरसाम्प्रदायिक हिंसाले पश्चिम अफ्रिकी राष्ट्रमा हजारौंको ज्यान लिएको छ भने सयौं हजारौं विस्थापित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर