ग्लोबल एक्ट्रेस प्रियंका चोपडा एक पछि अर्काे गर्दै सफलता हाँसिल गर्न तल्लिन छिन् । इन्ष्टाग्राम रिचलिस्ट ईयरमा यसपटक प्रियंका चोपडा २७ औ स्थानमा पर्न सफल भएकी छिन् । उनको ६४ मिलीयन फलोअर्स रहेका छन् । भारतीय खबरका अनुसार प्रियंका हरेक पोष्टको लागि ३ करोड रुपैया लिने गर्छिन् । इन्ष्टामा कोही प्रमोशनल पोष्ट गरे बापत उनले यति धेरै रकम लिने गरेकी हुन् ।
२७ औ स्थानमा प्रियंका
यो लिस्ट हरेक साल रिलीज गर्ने गरिएको छ । जसमा सेलेब्रटीहरु फिल्म क्षेत्रका, खेलकुदका ब्यक्तिहरु यस लिष्टको नाममा समेटिने गरेका छन् । उनीहरु प्रमोशनल पोष्टका लागि एकदमै धेरै रकम लिने गरेका छन् । पछिल्लो साल प्रियंका १९ औ स्थानमा थिईन् । तर पहिलाको तुलनामा अहिले प्रियंकाको एक पोष्टको रकम धेरै रहेको छ ।
उनले भारतका चर्चित क्रिकेटर बिराट कोहलीलाई समेत पछी पारेकी थिइन् । बिराट यस अघि २३ औ स्थानमा रहेका थिए । तर अहिले प्रियंकालाई पछि पार्दै उनी १९ औ स्थानमा रहेका छन् । बिराट एक पोष्टका लागि ५ करोड रुपैया लिने गर्छन् ।
बिराटको १६४ मिलियन फलोअर्स रहेका छन् । यस लिस्टमा सबैभन्दा टपमा फुटबलर क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनको २९५ मिलियन फलोअर्स रहेका छन् । उनी एक प्रमोशनल पोष्टको लागि ११ करोड रुपैया चार्ज लिने गर्छन् ।