काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आर्थिक स्थिति सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्ममा आयात १८.१ प्रतिशतले र निर्यात ३३.३ प्रतिशतले घटेको छ । आयात निर्यात दुवै घटेपछि कुल वस्तु व्यापार घाटा पनि १५.९ प्रतिशतले घटेको छ ।
यसैबीच विदेशबाट रेमिट्यान्स आउने लहर पनि बढेको छ । जसले गर्दा रेमिट्यान्स आप्रवाह नेपाली रूपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेको छ ।चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।