चीन जोड्ने कर्णाली र भेरी करिडोर प्रदेश सरकारको उच्च प्राथमिकतामा — OSNepal

चीन जोड्ने कर्णाली र भेरी करिडोर प्रदेश सरकारको उच्च प्राथमिकतामा

LC (KTM) December 17, 2022 0

कर्णाली-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चीन जोड्ने कर्णाली र भेरी करिडोरलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । मुगुको गमगढीमा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरको स्तरोन्नतिका लागि आवश्यक बजेट छुट्याउने तयारी भइरहेको बताउनुभयो ।

चालू आर्थिक वर्षमा कर्णाली करिडोरका लागि रु तीन अर्ब र भेरी करिडोरका लागि रु दुई अर्ब छुट्याइने उहाँले बताउनुभयो । दुवै करिडोर कर्णालीको विकास र समृद्धिका आधार भएकाले प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

साविकको कर्णालीलाई विकास पूर्वाधार निर्माणमा छुट्टै नीतिको खाँचो आवश्यक रहेको उहाँले बताउनुभयो । “हुम्लामा अझै सडक पुगेको छैन, डोल्पा र मुगुको अवस्था पनि उस्तै छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “सुर्खेतलाई हेरेर छुट्याइने बजेटले कर्णालीमा पूर्वाधार निर्माण गर्न समस्या भइरहेको छ, प्रदेश सरकारले दुर्गम क्षेत्र लक्षित गरेर नीति ल्याउने तयारी गरिरहेको छ ।” मुख्यमन्त्री शाहीले असारको अन्तिम समयमा भुक्तानी गर्ने परिपाटीले समस्या भएको उल्लेख गर्दै यसबारे आवश्यक छानविन गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर