काठमाडौँ । सञ्चारकर्मी जीपी तिमिल्सिनाले धुमधामले दोस्रो विबाह त गरे । तर विबाहको खबर जब सामाजिक संजाल हुँदै मिडियासम्म पुग्यो त्यसपछि उनले भर्खरै विबाह गरेकी पत्निलाई पूर्व पत्नि बसिरहेको घरमा लग्न सकेनन् । यो क्रम २ दिनसम्म चल्यो ।
पूर्व मिस नेपाल उषा खड्गीसँग डिभोर्स गरेको ६ महिनापछि सञ्चारकर्मी जीपी तिमिल्सिनाले दोस्रो बिहे गरेर पत्निलार्य घरमा लगेको कुरा उनकी छोरीले थाहा पाएपछि उनले सविनालाई घरबाट निकाल्न भन्दै बाबु जीपीसँग रुवाबासी गरिन् ।
बाबु जीपीले छोरीलाई खुबै सम्झाउने प्रयास गरे तर आफ्नी आमालाई रुवाएर दोसे बिहे गरेका बाबुको कुरा सुन्ने पक्षमा छोरी नदेखिएपछि जिपीले २ दिनसम्म जीपी घरमा एक्लै आउन थाले तर तेस्रो दिनबाट फेरी उनी सबिनासँगै आउन थालेपछि छोरीले हंगामा गरिदिएकी हुन् ।
यसअघि पूर्व मिस नेपाल उषा खड्गीले मेरो घरको माथिल्लो तलामा हंगामा भइरहेको छ भन्दै पतिले आफ्नो अंश मुद्धा नटुंग्याई ज्इादती गरेको भन्दै अभिब्यक्ति दिएकी थिइन् । सम्पत्तिको बाँडफाँड नै नभई जीपीले दोस्रो बिहे गरेपछि उषाले आपत्ति जनाएपछि सञ्चारकर्मी जीपी अहिले धर्मसंकटमा परेका छन् ।