काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने बताएका छन् । उनले आफ्नो अन्तिम खेलमा विश्वकपको उपाधि आफ्नो मुलुकलाई दिएर बिदा लिने संकेत गरेका हुन् ।
मेस्सीले यो खेल आफ्नो अन्तिम हुने दाबी गरिरहेका बेला लियोनल मेस्सीले पोल्याण्डविरुद्ध पेनाल्टीको अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन् । विश्वका स्टार खेलाडीमध्ये एक मेस्सीले आफ्नो अन्तिम फाइनल खेल डिसेम्बर १८ मा नेपाली समय अनुसार बेलुकी ८.४५ बजे हुनेछ ।
तर त्यसअघि मेस्सीका फ्यानका लागि एउटा खुसीको खबर आएको छ । वास्तवमा अर्जेन्टिनालाई तेस्रो पटक च्याम्पियन बनाउने दाबी गर्ने मेस्सीसँग सम्बन्धित दुईवटा अनौठो संयोग बनिरहेको छ । अर्जेन्टिनाको यात्रामा सन् १९७८ र १९८६ को विश्वकपमा पनि यस्तै भएको थियो । ति वर्षहरुमा अर्जेन्टिनाले तेस्रो खेलमा पेनाल्टी पाएको थियो र दुई स्टार खेलाडी मारियो केम्पेस ९१९७८० र डिएगो म्याराडोना ९१९८६० ले पनि पेनाल्टी मिस गरेका थिए ।
र पछि विश्वकपको उपाधि जित्न अर्जेन्टिना सफल भएको थियो । अर्को संयोग पीएसजी क्लवसँग सम्बन्धित छ । फ्रान्सका किलियन एम्बाप्पे सन् २०१७ मा पीएसजी गएका थिए ।त्यसपछि अर्को वर्ष अर्थात् २०१८ मा उनले आफ्नो फ्रान्स टोलीलाई उपाधि दिलाए । यस्तै संयोग मेस्सीसँग पनि भइरहेका बेला मेस्सीले पनि विश्वकप यही वर्ष जिताउने चर्चा फ्यानहरुले गर्दै आएका छन् ।
यसैबिच मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई भनेका छन्, ‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा म निकै खुसी छु ।’अर्को विश्व कपका लागि अझै धेरै वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छु जस्तो नलागेको उनले बताएका छन् । ‘अर्कोको लागि धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु । यसरी समाप्त गर्न यो सबै भन्दा राम्रो हो’ उनले भनेका छन् । ‘हामी कठिन परिस्थितिहरूबाट गुज्र्यौं । आज हामी केही शानदार अनुभव गरिरहेका छौं’’ उनले भनेका छन् ।