हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा — OSNepal

हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा

LC (KTM) December 16, 2022 0

जुम्ला । कर्णाली प्रदेश दुर्गम हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालबाट वञ्चित हुम्ला मुगु जिल्लासँग सडकमा जोडिएको हो ।

बेलायत सरकारको सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ ।

गमगढीदेखि हुम्ला गाउँपालिका देउलीसम्मको ६७ किमी सडक १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार लगानीमा निर्माण भएको हो ।

२०१८ अक्टोबरबाट निर्माण कार्य थालनी भई हालै सम्पन्न भएको उक्त सडक बुधबार नेपाल सरकारले कर्णाली प्रदेश सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर