सेनाले गरेको कारबाहीमा परी १२ जना तालिबानी लडाकू मारिए — OSNepal

सेनाले गरेको कारबाहीमा परी १२ जना तालिबानी लडाकू मारिए

LC (KTM) July 02, 2021 0

मजार–ए–शरिफ, १८ असार-अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बिहीबार सेनाले गरेको कारबाहीमा १२ जना तालिबानी लडाकू मारिएका छन् । सेनाले जारी गरेको विज्ञप्तिमा बाल्ख प्रान्तको चार्बोलाक जिल्लामा भेला भएका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले हवाई आ क्रमण गरेको उल्लेख छ ।

सेनाको कारबाहीमा तालिबानका स्थानीय एक मुख्य कमान्डर सईद नूर खालिदको पनि मृत्यु भएको सेनाले दाबी गरेको छ । खालिदले बाल्ख प्रान्तमा छायाँ न्यायाधीशका रुपमा पनि काम गर्ने गरेको सेनाको भनाई छ । तालिबान समूहले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । (रासस–सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर