भक्तपुरमा आज ३४ जना संक्रमित थपिदा काठमाडौं र ललितपुरमा कति ? — OSNepal

भक्तपुरमा आज ३४ जना संक्रमित थपिदा काठमाडौं र ललितपुरमा कति ?

LC (KTM) July 02, 2021 0

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४२८ जनामा कोरोना    संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै आज देशभर नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै सोही अबधीमा थप ३४५१ जनाले कोरोना जितेका छन् ।

हालसम्म नेपालमा ६ लाख ३६०० जनाले कोरोना जितेका छन् । त्यस्तै कोरोनाका कारण सोही अबधीमा ३४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १।५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर