काठमाडौं । भारतीय लोकप्रिय अभिनेता विवेक ओबरोय र उनका पिता सुरेश ओबरोयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवासमा पुगेका छन् ।
बुधबार साँझ नेपाल आएका विवेक ओबरोय १० दिनसम्म नेपाल भ्रमणमा रहनेछन् । सपरिवार काठमाडौँ आइपुगेका बलिउड अभिनेता विवेक ओबरायले आज बहिान पशुपतिनाथ दर्शन गरेका छन् ।
पशुपतिनाथ मन्दिरबाट दर्शन गरेर फर्किने क्रममा खिचिएका तस्विरमा विवेकसहित उनका बुबाआमा, पत्नी र छोराछोरी देखिएका छन् । उनीहरुले एकसाथ भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन् ।
उनीहरुले झण्डै एकघण्टा मन्दिरमा बिताएका थिए । पशुपतिमा पूजापछि बाहिरिँदा गर्दा उनीहरुले फ्यानसँग तस्वीर खिचाए । पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको कुरा विवेकले मिडियासँग बताए ।
विवेकका पिता सुरेश भारतका प्रसिद्ध टेलिभिजन पर्सनालिटी समेत हुन् । विवेकको परिवार आजै चन्द्रागिरीको भ्रमण गरेको छ। उनीहरुले भोली पोखरामा साहसिक खेलसहित घुमघाम गरेर अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको घोरेपानीस्थित पुनहिलमा पदयात्रामा निस्कने कायृक्रम रहेको उनीहरुलाई नेपालसम्म ल्याएकी बिनु यादवले जानकारी दिइन् ।
पोखराबाट उनीहरु भैरहवा हुँदै लुम्बिनी जाने र त्यहाँबाट काठमाडौं फर्किएर भारत जाने कार्यक्रम रहेको छ । नेपालको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उद्देश्यले ओबराय परिवारलाई व्यवसायी पुनम यादवले ल्याएकी हुन् ।