२२९९ संक्रमित थपिदा ३४५१ जनाले जिते कोरोना — OSNepal

२२९९ संक्रमित थपिदा ३४५१ जनाले जिते कोरोना

LC (KTM) July 02, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै सोही अबधीमा थप ३४५१ जनाले कोरोना जितेका छन् ।

हालसम्म नेपालमा ६ लाख ३६०० जनाले कोरोना जितेका छन् । त्यस्तै कोरोनाका कारण सोही अबधीमा ३४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १।५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर