नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु — OSNepal

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । नेपाली कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ । बैँठक दिउँसो दुई बजे बोलाइए पनि अहिले केहि बेर अगाडी मात्र केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । नेताहरुको गुटगत बैठकले गर्दा बैठक बस्न ढिला भएको बुझिएको हो ।

आउँदै गरेको महाधिवेशनको लागि क्रियाशील सदस्यता छानविन मापदण्ड विपरित भएको भन्दै यस विषयमा छलफल गर्न बैठक बसेको हो ।

पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला, पुर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर