काठमाडौँ। साताको पाँचौ दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुनको मूल्य तोलामा ७ सयले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेर प्रति तोला १ हजार ४ सय रुपैयाँ कारोबार भईरहेको थियो।