पोर्चुगलका कप्तान तथा स्ट्राइकर रोनाल्डो प्रशिक्षणका लागि पूर्व क्लब रियल मड्रिड फर्किए — OSNepal

पोर्चुगलका कप्तान तथा स्ट्राइकर रोनाल्डो प्रशिक्षणका लागि पूर्व क्लब रियल मड्रिड फर्किए

LC (KTM) December 15, 2022 0

काठमाडौं । जारी विश्वकपमा भक्कानिँदै रुँदै गरेका पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो केही समय क्लब बिहिन बने । पोर्चुगलका कप्तान तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डो प्रशिक्षणका लागि पूर्व क्लब रियल मड्रिडको भाल्डेबेबास ट्रेनिङ बेसमा पुगेका छन् ।

विश्वकपको सुरुवातमा रोनाल्डो र युनाइटेडबीच आपसी समझदारीमा क्लब छाड्ने सहमति भएपछि ३७ वर्षीय खेलाडी अब कर्ता जान्छन् भन्ने विभिन्न आङ्कलनहरू भइरहेका बेला उनी प्रशिक्षणका लागि रियल मड्रिड फर्किएका छन् ।

धेरैले उनी साउदी अरेबियाको क्लब अल नासर जाने बताइरहेका छन् । त्यसअघि भने रोनाल्डो रियलको भाल्डेबेबास कम्प्लेक्समा प्रशिक्षणमा व्यस्त रहने गोलडटकमले जनाएको छ । हालैको एक अन्तरवार्तामा रोनाल्डोले युनाइटेड र प्रशिक्षक टेन हागको खुलेर आलोचना गरेका थिए । पाँचपटकका बालोन डि’ओर विजेता खेलाडी टोटनहम हटस्पर्सविरुद्धको खेलमा मैदानमा प्रवेश गर्न अस्वीकार गरेका थिए । उनलाई टोलीबाट हटाउनुका साथै जरिवाना गराइएको थियो ।

हालै प्रशिक्षणका लागि पूर्व क्लब रियल मड्रिड फर्किएका उनले क्वाटरफाइनल बाटै पोर्चुगल बाहिरिए पछि सन्यास लिने संकेत गरेका थिए । तर अब उनले तत्काल अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । क्वाटरफाइनलबाट बाहिरिएपछि रोनाल्डोको सन्यास घोषणा आउने अनुमान गरिएको थियो ।

उनले आफैले पनि यसको छनक दिएका थिए । तर, ३७ वर्षीय रोनाल्डोले अहिले भने तत्काल सन्यास लिने मनस्थितीमा आफु नरहेको बताएका छन् ।

रोनाल्डोले २०२४ को युरोकप खेल्ने विश्वास लिएका छन् । रोनाल्डोले पोर्चुगलका लागि १९६ खेलमा १ सय १८ गोल गरेका छन् । रोनाल्डो हाल क्लब विहीन छन् ।म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो फ्री एजेन्टमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर