मोटरसाइकलमा सवार यी दूई जना परे प्रहरीको फन्दामा — OSNepal

मोटरसाइकलमा सवार यी दूई जना परे प्रहरीको फन्दामा

LC (KTM) July 02, 2021 0

कास्की १८ असार । करिब ४ सय ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप रामपुर घर भई हाल पोखरा महानगरपालिका ५ जिरो किमी बस्ने ३३ वर्षीय चन्द्र बहादुर तामाङ र पोखरा महानगरपालिका ११ रामघाट बस्ने २९ वर्षीय बिकास नेपाली रहेका छन् ।
पोखरा महानगरपालिका ११ तुल्सी मार्गबाट ग.५ प ५०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो ।

पक्राउ पछि उनीहरुमाथि थप आवश्यक अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर