पर्सिदेखि चाहिने जति कोरोना खोप आँउछ : प्रधानमन्त्री ओली — OSNepal

पर्सिदेखि चाहिने जति कोरोना खोप आँउछ : प्रधानमन्त्री ओली

LC (KTM) July 02, 2021 0

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना खोपको समस्या नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पर्सिदेखि चाहिने जति कोरोना खोप आउने बताएका हुन् ।   बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । आइतबारदेखि चाहिने जति खोप आउने भनाइ राख्दै अव खोपको समस्या नहुने उनले बताएका हुन् ।

यो पनि , निगमको वाइड बडी जहाजले चिनियाँ खोप ल्याउने – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताउनुभयो । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ । महाप्रबन्धक पौडेलले भन्नुभयो, “चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको मात्रा तथा उक्त खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन हामीले आफ्नो तयारी थालिसकेका छौँ ।” बुझिएअनुसार पहिलो उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर