कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम सेमिफाइनल खेलमा अहिले फ्रान्स र मोरक्को बीच खेल भईरहेको छ । अल बायत स्टेडियममा भईरहेको खेलमा फ्रान्सले १ गोलको अग्रता बनाएको छ । खेलको ५ औ मिनेटमा नै फ्रान्सले गोल गर्न सफल भएको हो ।
फ्रान्सका लागि थेयो हनदिजले गोल गरेका हुन् । साविक विजेता फ्रान्स मोरक्को माथि जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेको छ । त्यस्तै मोरक्को बिश्वकपमा ईतिहास रच्दै फाइनल सम्म पुग्ने योजनामा रहेको छ ।
आजको यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३(० ले हराएर उपाधि नजिक पुगिसकेको छ।