नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक ६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न — OSNepal

नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक ६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रिय कमिटिको बैठकले ६ बुँदे प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको हो ।

दशौं महाधिवेशन खारेज गरी केन्द्रिय कमिटिमा ररुपान्तर गरेपछि पहिलो पटक बसेको बैठकमा वरिष्ठ नेता माधव नेपाल समुहका नेताहरुको भने सहभागिता रहेन । आजको बैठकमा कोभिड १९ कोरोना भाइरसबाट अकालमै ज्यान गुमाएहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमति सबैको स्वास्थ लाभको कामना गरिएको थियो ।

बैठकमा बाढीपहिरोबाट ज्यान गुमाउनेप्रति श्रदासुमन अर्पण, घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको थियो । पार्टी एकताको लागि तटस्थ बसको उपाध्यक्ष बामदेव गौमत पनि बैठकमा सहभागी भई आफु प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीको साथमा भएको जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर