काठमाडौं । नायिका वर्षा राउत र ब्यबसायी तथा कलाकार सञ्जोग कोइरालाको जोडी एक उदारणीय जोडी हुन् । लामो समयको प्रेम सम्बन्धपछि विबाह बन्धनमा बाँधिएको यो जोडीबिच एक्कासी विबाहको लामो समयपछि खटपट भएको रहस्य बाहिरियो ।
हल्ला सामान्य मात्रै रहेन कुरा डिर्भोसको हल्लासम्म पुग्यो । वर्षा स्वयंले आफूहरुबीच खटपट भएको कुरालाई स्वीकार्दै परिस्थिति सम्बन्धविच्छेदको तहसम्म पुगेको बताएपनि अहिले फेरी यो जोडी एकसाथ सार्वजनिक ठाउँमा बाक्लै रुपमा भेटीन थालेको छ ।
अरु त अरु हिजोआज उनीहरुले सार्वजनिक कार्यक्रममा निर्धक्क रुपमा पनि जवाफ दिन थालेका छन् । यसैबिच आज २९ औं जन्मदिन मनाइरहेकी वर्षालाई बर्थडे शुभकामना दिंदै सञ्जोगले कठिन क्षणमा तिमीसँगै उभिन सकुँ भनेर शुभकामना दिएका छन् ।
उनले ‘तिम्रो जन्मदिनमा, मसँग भन्ने शब्द कम छन् र तिमीसँगै यो क्षण सेलिब्रेसन गर्न चाहन्छु । माया र भाग्य तिम्रो बाटोमा आउन् र तिम्रो अनुहारमा मुस्कान कहिल्यै नछुटोस् । हरेक कठिन परिस्थितिमा म तिम्रो छेउमा उभिन सकुँ ।
तिमीलाई खुसी र समृद्धिको कामना गर्दै र संसारका सबै अद्भूत अनुभव तिम्रो बाटोमा आउन सकोस् । वर्षा राउतलाई जन्मदिनको धेरैधेरै शुभकामना ।’भनेर शुभकामना ब्यक्त गरेका छन् ।
यसअघि सलोन बस्नेतको विवाहको रिसेप्सनमा पनि उनीहरुले यस्तै प्रश्नको सामना गर्नुपरेको थियो । सलोनको पार्टीमा पनि यो जोडीले सार्वजनिक रुपमा नै खन्डन गरेका थिए ।