काठमाडौं । निर्देशक असिम शाह सांसद बनेपछि ‘डामाडोल’को निर्देशनको जिम्मेवारी आसिफको काँधमा आएको छ । असिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभामा समानुपातिक सांसद चुनिएपछि उनका दाजु आसिफ शाहले अब फिल्म ‘डामाडोल’लाई निर्देशन गर्ने भएका हुन् ।
आँफु सांसद भएसँगै उक्त फिल्मको निर्देशकिय जिम्मेवारी आसिफले संहाल्ने असिमले जानकारी दिए । अहिले पटकथा लेखनको कार्य भइरहेको फिल्मको मुख्य भूमिकामा विपिन कार्की फाइनल भइसकेका छन् । भाई असिम सांसद भएपछि परिआएको खण्डमा आँफुले निर्देशन गर्न सक्ने बताए पनि अझै यस विषयमा निधो भइनससकेको आसिफले बताए ।
आसिफले यसअघि फिल्म ‘कर्कश’ निर्देशन गरिसकेका छन् भने असिमले फिल्म ‘दुई रुपैयाँ’ निर्देशन गरेका छन् । कुटुमा कुटु बोलको हिट गीत फिल्म दुई रुपैयाँको हो । जसले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेपछि पनि चर्चा चुलिएको थियो ।