खेतमा धानको बिउ उखेली खोलामा नुहाउने क्रममा डु्बेर ज्ञानदिपको मृत्यु — OSNepal

खेतमा धानको बिउ उखेली खोलामा नुहाउने क्रममा डु्बेर ज्ञानदिपको मृत्यु

LC (KTM) July 02, 2021 0

काठमाडौं, १८ असार-बारा, जितपुरसिमरा उपमहानगरपालिका(२० चौधरी टोल बस्ने ५० वर्षीय ज्ञानदिप चौधरीको खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । खेतमा धानको बिउ उखेली नजिकै रहेको चाँदी खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।दाङ, घोराही उपमहानगरपालिका(९ लरैना मन्दिर परिसमा रहेको पानी पोखरीमा डुबेर सोही उपमहानगरपालिका(८ बस्ने शंकर केसीको छोरा ११ वर्षीय आलोक केसीको बिहीबार साँझ मृत्यु भएको छ ।

नवलपरासी ९पूर्व०, देवचुली नगरपालिका(१६ रजहरस्थित मुकुन्दे खोलामा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ स्थित सालघारी बस्ने २६ वर्षीय बिशाल कुमालको बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर