काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज फ्रान्स र मोरक्को भिड्दैछन् । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को अल बायत स्टेडियममा राति १२स्४५ बजे प्रतिस्पर्धा गर्नेछन् ।
साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा रहँदा यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २(१ ले हराएको थियो ।
यता, मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ ।
दुई टोलीबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । उता आजराती नै सम्पन्न खेलमा अर्जेन्टिनाले कतारको लुसेइल रङ्गशालामा क्रोएसियालाई ३(० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको छ । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३(० गोलअन्तरको जीत सुनिश्चित ग¥यो ।
जीतसगै अर्जेन्टिनाले सन् २०१८ मा रुसमा भएको विश्वकपको समूह चरणको खेल क्रोएसियासँग ३(० को हारको बदला पनि लिएको छ । क्वार्टरफाइनलमा अर्जेन्टिना र क्रोएसिया दुवै टोली पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए ।
विश्वकपमा अर्जेन्टिनाको यो छैटौँ पटकको फाइनल यात्रा हो । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ । सेमिफाइनलको दोस्रो खेल नेपाली समयअनुसार बुधबार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।