पार्टी एकताको लागि भन्दै तटस्थ बनेका गौतम अन्तत सहभागी भए ओली पक्षमा — OSNepal

पार्टी एकताको लागि भन्दै तटस्थ बनेका गौतम अन्तत सहभागी भए ओली पक्षमा

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेम गौतमले अन्तत अध्यक्ष केपी ओलीको पक्षमा भएको बताएका छन् । बालुवाटारमा जारी पार्टीको केन्द्यि कमिटिको बैठकमा उपाध्यक्ष गौतमले आफु व्यक्तिगत रुपमा ओलीको पक्षमाअ भएको बताएका हुन् ।

बैठकमा सहभागी भएका गौतमले प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष ओलीलाई पार्टी एकताको लागि सार्थक निष्कर्ष पुग्न आग्रह समेत गरेका छन् ।

पार्टी एकताको हुनको लागि माधव नेपाल सहितको एकता हुनुपर्छ भन्दै गोतमले भने, ‘मैले मित्रघात आजसम्म गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ, व्यक्तिगत रुपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर