संसद विघटनको मुद्धामा आजबाट सरकारको पक्षमा बहस सकियो, आइतबार सभामुखको तर्फबाट बहस हुने — OSNepal

संसद विघटनको मुद्धामा आजबाट सरकारको पक्षमा बहस सकियो, आइतबार सभामुखको तर्फबाट बहस हुने

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । संवैधानिक इजलासमा जारी संसद विघटनको मुद्धामा सरकारी पक्षको बहस आजबाट सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा भइरहेको सुनुवाइको आजबाट सरकारी पक्षको पनि बहस सकिएको हो ।

अब आइतबार सभामुखको तर्फबाट वकिलहरुले बहस गर्ने छन् । जसको लागि एक घण्टाको समय दिइएको छ । सभामुखको तर्फबाट बहस सकिएपछि रिट निवेदक पक्षले जवाफ दिने छ । जसको लागि तीन घण्टाको समय तोकिएको छ ।

त्यसपछि अदालतका सहयोगी एमीकस क्युरीले बहस गर्नेछन् । जसको लागि दुई घण्टाको समय तोकिएको छ । त्यसपछि अदालतले आफ्नो फैसला सुनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर