लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास मन्त्री रायमाझीले यसो भन्दै दिइन् राजीनामा — OSNepal

लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास मन्त्री रायमाझीले यसो भन्दै दिइन् राजीनामा

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । जनता समाजवादी पार्टीबाट मन्त्री बनेकी लुम्बिनी प्रदेशका राज्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । आजको मितिबाट लागु हुने गरी मन्त्री रायमाझीले राजीनामा दिएकी हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपाल तपाईको नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोगबिना यस प्रदेशको सरकारमा रही निरन्तरता नि नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर