पाटेबाघको छाला सहित २ जना पक्राउ — OSNepal

पाटेबाघको छाला सहित २ जना पक्राउ

LC (KTM) July 02, 2021 0

बाँके १८ असार । बैजनाथ गाउँपालिका-४ तिलकपुरस्थित सडकबाट २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अछाम मेललेख गाउँपालिका-३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र अछाम रामरोसन गाउँपालिका-५ बस्ने ३५ वर्षीय नन्दु बुढा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर