काठमाण्डौ – रोजगारीका लागि मलेसिया पुगेका मकवानपुरका सोमर सिंह घलान विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटो मै हराएका छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराउको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
क्वालालम्पुरबाट कम्पनीतर्फ जाँदा मलेसियाकै कम्पुङ बेम्वानमा खान खान बस रोकेको दूतावासले जनाएको छ । त्यसपछि बस सिधै कम्पनीको होस्टेलमा पुगेको थियो ।
तर कम्पनीको होस्टेलमा पुग्दा सोमर नभउको बताइउको छ । कहीँ कतै देखे वा भेटेमा सम्पर्क गरिदिन दूतावासले सूचना जारी गरेको छ । दूतावासमा ०१६२४७२७७७ नम्बरमा फोन गर्न आग्रह गरेको छ ।