काठमाडौँ १८ असार । संसद विघटन विघटन विरुद्ध सर्वोच्चमा जारी भइरहेको सुनुवाईमा सरकारको पक्षबाट वकालत गर्दै कानुन व्यवसायी बाबुराम दाहालले अदालतले संसद पुर्नस्थापनालार्य सदर गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी ओली सरकारको प्रतिरक्षा गर्दै वकालत गरेका दाहालले ओली सरकारले सरकार बन्ने नदिएपछि संसद विघटन गरेको हो, कुनै लहडमा विघटन गरेको नभएको दावी गरेका छन् । संविधानको धारा ७६(५)को व्याख्या गरी सर्वोच्चले यसको निकास दिनु पर्ने दाहालको तर्क रहेको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले लहडमा विघटन गरेको होइन, सरकार बन्नै नसकेपछि विघटन गरिएको हो ।’ जारी इजलासमा दाहालले भने ।