केही दिनदेखि परेको अविरल वर्षाका कारण भासियो मस्र्याङ्दी नदीको झोलुङ्गे पुल — OSNepal

केही दिनदेखि परेको अविरल वर्षाका कारण भासियो मस्र्याङ्दी नदीको झोलुङ्गे पुल

LC (KTM) July 02, 2021 0

केही दिनदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल भासिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको हो ।

बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको छ । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले दुई जिल्ला जोड्ने पुल भासिएपछि वारपार गर्न समस्या भएको जानकारी दिनुभयो । यही पुल हुँदै गोरखास्थित अकला मन्दिरमा भक्तजन आउने गर्दथे ।

पुल भासिएको अनुगमनका लागि आँबुखैरेनीका जनप्रतिनिधिलगायत कर्मचारीको टोली त्यसतर्फ जान लागेको पोख्रेलले बताउनुभयो । तनहुँका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले पनि पुलको अनुगमन गर्ने तयारी गरेको छ । पोखराबाट प्राविधिक टोली पनि आउने तयारीमा रहेको जानकारी पाएको पोख्रेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर