इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टेस्ट सिरिज एक खेल अगाबै जितेको छ । तीन खेलको टेस्ट सिरिजमा पाहुना टोलीले मुल्तानमा भएको दोस्रो खेल २६ रनले जितेसँगै सिरिज २-० ले क्लिन स्विप गरेको हो । इंग्ल्याण्डले दिएको ३ सय ५५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अलआउट हुनपुर्व ३ सय २८ रन मात्र बनाए पछि खेलमा घरेलु टोलीले पराजय व्यहोरेको हो ।
पाकिस्तानको लागि साउद शकिलले ९४ रनको अर्धशतकीय ईनिङ खेले । इमाम उल हकले १ सय ४ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । मोहम्मद नवाज र अब्दुल्लाह शाफिक्युले समान ४५/४५ रन बनाए । मोहम्मद रिजवानले ३० तथा आगा सलमान २० रनमा अविजित रहे ।
इंग्ल्याण्डका लागि मार्क उडले ४ तथा ओली रोविन्सन र जेम्स एन्डरसनले समान २-२ विकेट लिए । ज्याक लिज र जोय रुटले समान १-१ विकेट लिए । सुरुमा टस जितेर पाहुना टोलीले पहिले ब्याटिङ गरेकोमा २ सय ८१ रनमा अलआउट भयो । पाहुना टोलीका लागि बेन डुकेट र ओली पोप अर्धशतक प्रहार गरेका थिए ।
डुकेटले ४९ बलमा ६३ तथा पोपले ६१ बलमा ६० रन बनाएका थिए । मार्क उडले अविजित ३६ तथा विल ज्याक्सले ३१ रन बनाएका थिए । घरेलु टोलीका लागि अबरार अहमदले ७ तथा जायद मोहमदले ३ विकेट लिएका थिए ।