पछिल्लो समय नेपालमा अनलाइन गेमको क्रेज ह्वात्तै बढेर गएको छ । सबैको हात हातमा मोबाइल र इन्टरनेट पुगे संगै अनलाइन गेममा बिशेष गरेर युवा सर्कलको आकर्षण बढेको हो । सुविसुद्धारा आयोजित पब्जी र फ्रिफायर अल्टिमेट ब्याटल सम्पन्न भएको छ ।
जसमा नेपाल सहित इन्डोनेशिया, ब्राजिल, मलेसिया, सिंगापुर, ब्राजिल, थाइल्याण्डका टोलीहरु सहभागि थिए । यस ब्याटलको प्रथम स्थान इन्डोनेसियाले प्राप्त गरेको छ । दोस्रो र तेस्रो भने नेपालकै टिमले हात पारेको छ । दोस्रो नेपालकै अनम लामा भए ।
त्यस्तै तेस्रो स्थान इलामको सूर्योदय नगरपालिकाका युवा सम्मिलित टिमले प्राप्त गरेको छ । सूर्योदय नगरपालिका—१० का रुपम सुनुवार, साहिल श्रेष्ठ र विशाल गुरुङको टिमले फ्रिफायरमा तेश्रो स्थान हासिल गरेको हो ।आउट साइडर इलाइट ओपिएक्स नाम दिइएको सो समूहमा ६ जना सदस्य रहेका छन् ।
उनीहरुले नगद २० हजार र गिफ्ट ह्रयाम्पर प्राप्त गरे ।प्रतियोगिताको उपाधि जित्ने इन्डोनेसियाले नगद १ लाख रुपैया प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थान हाँसिल गर्ने लामाले नगद ४० हजार प्राप्त गरे । प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख रुपैया रहेको थियो ।