काठमाडौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी नेत्तृत्वको मैत्रीपूर्ण फुटबलमा मेयर शाहको टोली पराजित भएको छ ।
महानगर दिवसको अवसरमा आज दशरथ रङ्गशालामा काठमाण्डौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो । जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर बालेन्द्र शाह खेलको दोस्रो हाल्फपछि मात्रै मैदान प्रवेश गरेका थिए ।
मेयर शाह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । खेल ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता थियो ।
प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । काठमाण्डौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनप्रतिनिधि र कर्मचारी बीचको फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताइन् ।
फुटबल खेलपछि उनले खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आइसब्रेक गर्ने काम गरेको बताइन् ।