काठमाडौँ । बलिउड फिल्म ‘एनीमल’ का लागि निकै दौडधुप गर्दै भारत र नेपाल गरिरहेका नायक विपिन कार्की यतिबेला तनावमा छन् ।
फिल्म ‘एनिमल’मा काम गर्ने पक्का भएपछि विपिनको नेपाली मेकरहरुसँग सम्बन्ध बिग्रदै गएका बेला उनी जतिबेला पनि मुम्बई भन्दै उतैमात्रै ताकिरहने र गइरहने अवस्थाकाबिच उनी फेरी अहिले रित्तो हात फर्किएपछि तनाव कम गर्न भन्दै ट्रेकिङतर्फ लागेका छन् । बलिउड फिल्म ‘एनीमल’का लागि उनी ६ पटकसम्म मुम्बई आउजाउ गरे ।
तर, मुम्बइले उनलाई खासै मतलब नै नगरेपछि उनी दिमाग फ्रेस बनाउन ट्रेकिङतर्फ लागेका छन् । ट्रेकिङबाट मुड फ्रेस गरेर फर्किएपछि उनी फिल्म ‘प्रसाद २’को छायांकनमा जुट्न चाहान्छन् ।
नेपाली फिल्ममा उम्दा अभिनय गर्ने विपिनलाई बलिउडमा पनि नाम चम्काउने सोच थियो । अझ, फिल्म ‘एनिमल’मा काम गर्ने पक्का भएपछि विपिन थोरै भए पनि मच्चिन सुरु गरेका थिए ।
उनी पहिला जस्तो सजिलो नभएको निर्माता निर्देशकले बताइरहँदा उनलाई मच्चाएको बलिउडले पहिला जस्तो वास्ता नगरेपछि विपिनले मुम्बई सजिलो नरहेको केही त बुझे ।
र यही बिचमा विपिनमाथि करोडौं लगानी गर्न निर्माता लालयित छन् । यो अवस्थामा विपिनले घरेलु फिल्म उद्योगलाई कसरी समय दिन्छन् त्यो भने हेर्न बाँकी नै छ ।