काठमाडौं । फिल्म ‘भगवत् गीता’का लागि अन्तत नायक फाइनल भएको छ ।
झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका हुन् । पुस २० गतेदेखि छायांकन सुरु हुने फिल्ममा अन्तत धीरज मगरलाई नै निर्माण यूनिटलेृ फाइनल गरेको हो ।
यसअघि धिरजले चर्का पारिश्रीमक मागेको भन्दै निर्माण यूनिटसँग उनको दुरी बढेको थियो ।
झरनाले निर्देशन गर्ने प्रतिक्षित फिल्म निर्माण कम्पनी र अभिनेता मगरबीच शनिबार लिखित सम्झौता भएको हो । यसअघि धिरजबाहेक पसिन उनको विकल्पमा कलाकारको खोजी भइरहेको थियो ।