६ श्रीमती तथा ५४ सन्तानका पिता अब्दुल मृत्यु हुनु भन्दा ५ दिन अघि सम्म परिवारको खर्च धान्न काम गरिरहेका थिए — OSNepal

६ श्रीमती तथा ५४ सन्तानका पिता अब्दुल मृत्यु हुनु भन्दा ५ दिन अघि सम्म परिवारको खर्च धान्न काम गरिरहेका थिए

LC (KTM) December 11, 2022 0

५४ सन्तान र ६ श्रीमती भएका अब्दुल मजिद मंगलको निधन भएको छ । ७५ वर्षीय माजिद मुटुसम्बन्धी रोगबाट पीडित थिए । उनी पाकिस्तानको नोस्की जिल्लाका बासिन्दा थिए र ट्रक चालकको रूपमा काम गर्थे। उनले १८ वर्षको उमेरमा पहिलो विवाह गरेका थिए । अब्दुल मजीदले जम्मा ६ विवाह गरेका थिए ।

यीमध्ये दुई श्रीमतीको यसअघि नै निधन भइसकेको छ । माजिदका ५४ सन्तानमध्ये १२ सन्तानले पनि जिउँदै नै ज्यान गुमाएका थिए भने ४२ सन्तान जीवितै छन् जसमा २२ छोरा र २० छोरी छन् । माजिदका छोरा शाह वलीले ५४ जना बालबालिकाको आवश्यकता पूरा गर्नु सजिलो काम नभएको तर हाम्रा बुवाले जीवनभर कडा परिश्रम गरेको बीबीसीलाई बताए।

बुढेसकाल भए पनि मृत्यु हुनुभन्दा पाँच दिनअघिसम्म परिवारको जीविकोपार्जनका लागि गाडी चलाइरहे । ठुलो परिवारको खर्च धान्न खोज्दा बुवाले आराम गरेको नदेखेको शाह वलीले बताए । हरेक समय कुनै न कुनै काम गर्थे । शाह वलीले थपे, ‘हामीमध्ये कोही बीए र कोही म्याट्रिकसम्म पढेका छौं ।

तर हामीसँग कुनै जागिर छैन। आर्थिक अभावका कारण उनले बुबाको राम्रो उपचार गराउन सकेनन् । सरकारी सहयोग पनि पाएको छैन । अर्कोतर्फ, विनाशकारी बाढीले घर ध्वस्त पारेको छ। एकै समयमा धेरै समस्याहरूको सामना गरिरहनु परेको छ यो परिवारले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर