बंगलादेशलाई पराजित गरे संगै एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले दोस्रो जित निकाल्न सफल भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशलाई पराजित गर्दै नेपालले दोस्रो जित निकाल्न सफल भएको हो ।
प्लेट च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले बंगलादेशलाई ७१-० ले पराजित गरेको हो । नेपालले यस अघि शनिबार बलियो टोली भारतलाई १२–१० ले हराएको थियो । नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिए पनि प्लेट च्याम्पियनसिपमा भने खेलिरहेको छ ।