खेल मैदानमा नियम बिपरित कार्य गरेको भन्दै अर्जेन्टिना र नेदरल्याण्डलाई फिफाले कारबाही गर्ने — OSNepal

खेल मैदानमा नियम बिपरित कार्य गरेको भन्दै अर्जेन्टिना र नेदरल्याण्डलाई फिफाले कारबाही गर्ने

LC (KTM) December 11, 2022 0

खेल मैदानमा नियम बिपरित काम गरेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने भएको छ । बिश्वकपको क्वाटरफाइनल खेलमा दुबै टिमले फिफाको नियम बिपरीत कार्य गरेका थिए । उक्त खेल निर्धारित ९० मिनेट र अतिरिक्त समय २(२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा अर्जेन्टिना विजयी भएको थियो ।त्यस खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएपछि अर्जेन्टिनाको बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए।यस्तै पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि फेरी नेदरल्याण्डले बखेडा झिकेको थियो ।

तनावपूर्ण खेलको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा १७ जनाले पहेलो कार्ड पाएका थिए । जसमा नेदरल्यान्ड्सका डेन्जेलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएका थिए । कतार विश्वकप दौरान अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई जरीवाना गर्ने भएको हो।

फिफाले जरिवाना भने तोकिसकेको छैन । तर, दुबै टोलीलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्ने बताईएको छ ।विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर