काठमाडौं ।
फिल्म ‘भगवत् गीता’का लागि अन्तत नायक फाइनल भएको छ ।
झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका हुन् । पुस २० गतेदेखि छायांकन सुरु हुने फिल्ममा अन्तत धीरज मगरलाई नै निर्माण यूनिटलेृ फाइनल गरेको हो ।
यसअघि धिरजले चर्का पारिश्रीमक मागेको भन्दै निर्माण यूनिटसँग उनको दुरी बढेको थियो ।
झरनाले निर्देशन गर्ने प्रतिक्षित फिल्म निर्माण कम्पनी र अभिनेता मगरबीच शनिबार लिखित सम्झौता भएको हो । यसअघि धिरजबाहेक पसिन उनको विकल्पमा कलाकारको खोजी भइरहेको थियो ।
यो पनि : ‘महापुरुष’का निर्माताद्धय दीपेश र रविन्द्र अर्को फिल्म सुरु गर्न तातौँ भन्दा किन तातेनन् प्रदीप ? : डेढ मसिहनादेखि देशका विभिन्न हलहरुमा एकल रुपमा राज गर्दै प्रर्दशनमा आइरहेको फिल्म हो ‘महापुरुष’ ।
जसका निर्देशक हुन् प्रदीप भट्टराई । प्रदीप भट्टराईले यसअघि निर्देशन गरेका फिल्महरु जात्रा, जात्रै जात्रा, शत्रु गतेलाई दर्शकले खुबै रुचाएका थिए ।
यतिबेला प्रदीप भट्टराई निर्देशित यो फिल्मले दर्शकको माया निरन्तर पाइरहेको छ । बक्स अफिसमा फिल्मले ११ करोड भन्दा बढी ग्रस कलेक्शन गर्ने पक्का छ । संभवत, हलिउड फिल्म ‘अवतार’ हलमा लागेपछि मात्र यसको प्रभाव कम हुने आँकलनकाबिचमा फिल्म डेढ महिनादेखि सफलताका साथ प्रर्दशन भइरहेको छ ।
यो फिल्मपछि निर्माता म्याक्स दीपेश खत्री र रविन्द्र सिंह बानियाँले नयाँ फिल्मको तयारी थाल्ने सुरसार गरेको भएता पनि प्रदीप भने तातेका छैनन् ।
बुधबार बेलुकी बीग मुभिजमा भेटिएका रविन्द्रले प्रदीपले नयाँ फिल्मको तयारी थाल्न नमानेको गुनासो गरिरहँदा प्रदीपले भने महापुरुष नै चलिरहेको छ, किन हतार नगरौँ भनेपछि निर्माता म्याक्स दीपेश खत्री र रविन्द्र सिंह भने निन्याउरो मुख बनाएका थिए ।
तर उनीहरुको टिम भने बलियो नै भएकाले उनीहरु थप तयारीका साथ नयाँ फिल्म बनाउने जोश जाँगर र उर्जा निकालेर काम गर्ने तयारीमा छन् ।