काठमाडौँ १८ असार । नेकपा एमालेको सत्ता पक्षको केन्द्रिय कमिटिको बैठक सुरु भएको छ ।
दशौँ महाधिवेशन खोरज गरेर केन्द्रिय कमिटमा रुपान्तरण गरिएपछि बसेको यो एमालेको पहिलो केन्द्रिय कमिटिको बैठक हो । माधव नेपाल समुहको माग बमोजिम रुपान्तरण गरिएको बैठकमा नेपाल समुहका नेताहरुको भने सहभागिता छैन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाल उपस्थित भएका छैनन् भने, पार्टी उपाध्यक्ष वामदेव गौतमको भने सहभागिता रहेको पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले बताएका छन् ।