काठमाडौ । पौषको १५ गतेबाट देशभर रिलिज हुने तयारीमा रहेको फिल्म हो ‘डिसेम्बर फल्स’ । जसका लागि निर्माता रामप्रसाद रिजालसहित निर्माण युनिट दिलो ज्यान दिएर लागिपरिरहेको छ ।
फिल्म रिलिजका लागि ३ साता बाँकी रहेको समयमा यसको निर्माणपक्षले छायांकन सकेको छ । फिल्मको एउटा दृश्यका लागि हेलिकप्टर चार्टर गर्दै पुरै यूनिट लाङटाङ पुगेर एक दिनको छायांकनका लागि निर्माणपक्षले १० लाख बढी खर्च गरेको निर्माणपक्षले जनाएको छ ।
प्रविण झाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, नरेश भट्टराई लगायतका कलाकारको अभिनय छ । फिल्मको ‘फकाउनै जानीन’ बोलको गीत र टिजरलाई दर्शकले अत्याधिक माया गरेका छन् ।
फिल्मको ट्रेलर केही दिनमा नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । फिल्मले उपासनाका लागि आर्यनको एक्सन र लभको कथा भनेको छ । ‘डिसेम्बर फल्स’ एक प्रतिक्षित फिल्म पनि हो ।
पछिल्ला दिनमा महापुरुषपछि अरु कुनै फिल्म पनि हलमा जम्न नसकिरहेको अवस्थामा ‘डिसेम्बर फल्स’ले केही न केही कमाल गर्ने अपेक्षा गरिएको छ ।