काठमाडौं । फिल्म निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका छन् । चलचित्र, विज्ञापन र संगीत क्षेत्रलाई प्रतिनिधित्व गर्ने शाह समानुपातिकबाट सांसद बन्ने सम्भवतः एक्ला व्यक्ति हुन् ।
मुस्लिम समुदायतर्फबाट शाह सांसद छानिएका हुन् । शनिबार बुझाएको १३ जनाको सांसद सूचीमा शाह पनि समावेश भएका थिए ।शाह निर्देशित फिल्म ‘२ रुपैयाँ’ पाँचवर्षअघि रिलिज भएको थियो ।
घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।शाहको फिल्म कम्पनी यतिबेला नयाँ फिल्म ‘डामाडोल’ निर्माणको तयारीमा छ ।कांग्रेस, एमाले, माओवादीसहितका अन्य दलबाट बुझाइएको समानुपातिक सांसदको सूचीमा यस क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्ति समावेश छैनन् ।