बिश्वकप फुटबलको क्वाटरफाइनल खेल बाटै बाहिरिए पछि नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।आफ्नो टोली क्वाटरफाइनलबाट बाहिरिएपछि प्रशिक्षक भान गालले टिम छाडेका हुन् ।
शुक्रबार राति अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेदरल्यान्ड्स विश्वकपबाट बाहिरिएको थियो । ७१ वर्षीय प्रशिक्षक भान गाल २०२१ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
अब रोनाल्ड कोइम्यानले नेदरल्यान्ड्सको टोली सम्हाल्ने छन् । त्यस्तै ब्राजिलका प्रशिक्षकले पनि राजिनामा दिएका छन् । उपाधी दाबेदार मानिएका टोली लगातार पराजय भोगि रहेका बेला प्रशिक्षकको समेत राजिनामा आउन थालेको हो ।