विश्वकपमा रिपोर्टिङ गरिरहेका खेल पत्रकारको खेली हेरिरहँदा अचानक मृत्यु — OSNepal

विश्वकपमा रिपोर्टिङ गरिरहेका खेल पत्रकारको खेली हेरिरहँदा अचानक मृत्यु

LC (KTM) December 10, 2022 0

काठमाडौँ । कतार विश्वकप रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको निधन भएको छ ।

पत्रकार वाहल दोहामा जारी विश्वकप क्वाटर फाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल हेरिरहेका बेला उनको स्वास्थ्य अवस्था गम्भीर बन्यो र आकस्मिक रुपमा उपचार गरिरहेकै समयमा निधन भयो ।

रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिए पनि हृदयघातका कारण उनको निधन भएको बताइएको छ । यूए सकरले शनिबार बिहान एक वक्तव्य जारी गर्दै ग्रान्टको लुसेल रंगशालामा खेल हेर्ने क्रममा शुक्रबार हृदयघातका कारण निधन भएको जनाएको छ । फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुस्खी भएको यूएस सकरले विज्ञप्तिमा जनाएको छ ।

यो पनि नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै कतार विश्वकप २०२२ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

शुक्रबार राति निर्धारित समय र अतिरिक्त समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । जहाँ गोलरक्षक मार्टिनेज चम्किदा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का ग¥यो । राति नै भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा प्रवेश गरेको थियो । 

नेदरल्यान्ड्सको तर्फबाट टिउन कुपमाइनर्स, वाउट वेगहस्र्ट र लुक डी योङले पेनाल्टीमा गोल गरेका थिए । अर्जेन्टिनाको तर्फबाट कप्तान लियोनेल मेसीसहित लियान्द्रो परेडेस र गोन्जालो मोन्टियल र लाउटारो मार्टिनेजको प्रहार गोलमा परिणत भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर