खेतमा पानी लगाउन गएका भोजबहादुरको भेलमा डुबेर मृ त्यु — OSNepal

खेतमा पानी लगाउन गएका भोजबहादुरको भेलमा डुबेर मृ त्यु

LC (KTM) July 02, 2021 0

तनहुँ, १८ असार- निरन्तर वर्षा भइरहेको अवस्थामा रातको समयमा खेतमा पानी लगाउन गएका तनहुँका एक व्यक्तिको डुबेर मृ त्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–८ का ५८ वर्षीय भोजबहादुर विकको खेतमा आएको भेलमा डुबेर मृ त्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षा भइरहेको समयमा रातको समयमा खेतमा गएका विकको जागृति टोलस्थित खेतमा मृतावस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले खेतमा लडेपछि डुबेर मृ त्यु भएको हुनसक्ने आशङ्का गरिएको बताउनुभयो । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ ।

बाह्र सय रोपनी खेतको धानबाली नष्ट-तनहुुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित रहेको ढोरफिर्दीको झण्डै एक हजार २०० रोपनी खेतमा पसेको बाढीले धानबाली नष्ट गरेको छ । केही दिनदेखिको निरन्तरको वर्षापछि बाराहीखोलामा आएका बाढीले बालुवा र हिलो खेतमा पु¥याएपछि भर्खरै लगाएको धानसहित खेत पुरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मी जानकारी दिनुभयो ।

“हामी महाविपत्तिको सामाना गरिरहेका छौँ, हाम्रो वडावासीको खेत पुरेको अवस्था छ, घरहरु डुबानमा परेका छन् । सडक सबै अवरुद्ध छन्”, वडाध्यक्ष रेग्मीले भन्नुभयो । उहाँका अनुसार वडाको डहरे बस्तीका झण्डै ६५ परिवार बाढी र वर्षापछिको डुबानमा पर्ने उच्च जोखिममा रहेका छन् । उनीहरूलाई अन्य सुरक्षित क्षेत्रमा सर्न अनुरोध गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर