प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई २५ हजारका दरले छात्रवृत्ति प्रदान — OSNepal

प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई २५ हजारका दरले छात्रवृत्ति प्रदान

LC (KTM) December 09, 2022 0

तनहुँ-म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।

गाउँमै प्राविधिक जनशक्ति उत्पादन गरी कृषकलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यले प्राविधिक शिक्षामा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस्तै सुत्केरी कार्यक्रमअन्र्तगत रु १२ लाख ५० हजार प्रदान गरिएको छ । दुई सय ५० सुत्केरीलाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।

यस्तै युवा स्वरोजगार कार्यक्रमअन्र्तगत रु ४५ लाख बजेट विनियोजन गरी तथ्याङ्क सङ्कलन गर्ने कार्य थालिएको छ । हालसम्म गाउँपालिकामा ४० युवाको तथ्याङ्क सङ्कलन भइसकेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले दुई चरणमा घुम्ती शिविर सञ्चालनसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर