एजेन्सी -उत्तर कोरियामा खाद्य संकट सुरुभएको छ । चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको हो । भोकमरीबाट गर्भवती महिला र बालबालिका बढी प्रभावित भएका छन् । लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि आफ्नो मुलुकले खाद्यान्नको थप संकट व्यहोर्नुपर्ने कुरा केही दिन अघि मात्र स्विकारेका थिए । त्यहाँको सरकारी सञ्चारमध्यमका अनुसार गत वर्ष मौसम प्रतिकूल नहुँदा कृषिमा अपेक्षा अनुसारको उत्पादन नभएकाले खाद्य संकट देखा परेको हो । यसअघि राष्ट्रसंघीय खाद्य कार्यक्रमले पनि सहायता दिँदै आएको थियो ।